कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीद्धारा "प्रशिक्षक प्रशिक्षण (राष्ट्रिय अनुसन्धान) तालिम" को समापन

काठमाण्डौं, १३ श्रावण ।सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुका लागि संचालित " प्रशिक्षक प्रशिक्षण (राष्ट्रिय अनुसन्धान) तालिम" को एक कार्यक्रमका बिच समापन गर्नु भयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले त्यस अवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थी सहायक सूचक भिम बहादुर खड्कालाई पुरस्कार तथा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गर्नु भयो । समापनको अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले तालिम संयोजकको भूमिकाका लागि उप-अनुसन्धान अधिकृत निर्देशक विकास पाण्डे लगायत तालिममा खटिएका सम्पूर्ण प्रशिक्षक वर्गलाई धन्यवाद दिदै यस तालिमले प्रशिक्षार्थीहरुमा अनुशासन¸ शारिरीक तथा मानसिक क्षमता एंव पेशागत ज्ञान अभिबृद्धि भएको बताउनु भयो ।साथै सोहि अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले यस्ता प्रकारका तालिमले सशस्त्र प्रहरी बल¸ नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग विच नीतिगत तह तथा कार्यगत तहमा समन्वय र सहकार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने  एंव विशेष ज्ञान¸ सीप विषेशज्ञता आदान-प्रदान भई सांगठनिक सद्भाभावमा समेत अभिबृद्धि हुने उल्लेख गर्नुभयो।

   सोहि कार्यक्रमको अवसरमा राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक विकास पाण्डेले सशस्त्र प्रहरी बल¸ नेपालले स्थापनाको छोटो समयमा संगठन सुदृढिकरणका लागि उदाहरणिय कार्य गरेको सम्वन्धमा प्रकास पार्दै राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुलाई  सशस्त्र प्रहरी बल¸ नेपालले लामो समय देखि प्रशिक्षण प्रदान गरी क्षमता अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुर्याएको तथा भविष्यमा समेत यस्तै सहयोगको अपेक्षा रहेको बताउनुभयो । सोहि अवसरमा उप-अनुसन्धान निर्देशक विकास पाण्डेले राष्ट्रिय अनुसन्धान विभागको तर्फबाट कार्यक्रमका प्रमुख अतिथी सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीलाई मायाको चिनो तथा तालिममा खटिएका प्रशिक्षक वर्गहरुलाई प्रशंसा पत्र समेत प्रदान गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका बरिष्ठ अधिकृत लगायत अन्य अधिकृत तथा जुनियर अधिकृत एंव विल्लादार जवानको समेत उपरस्थिति रहेको थियो ।

 

 

Updates

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाण्डौमा संचालित UNPOL Certified Instructors Development Course Job-Specific Training (JST) को कार्तिक 02 गते समापन गर्नुभएको छ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थको १६ ‍औं स्थापना दिवस निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नायारणदत्त पौडेलको प्रमुख आतिथ्यतामा असोज ३० गते विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।

Related Links