Roles and Responsibilities

(क)   प्रतिष्ठानको कमाण्ड कन्ट्रोल गर्ने ।

(ख)   प्रतिष्ठानको वार्षिक क्यालेण्डर अनुसार तालिम प्रभावकारी ढंगबाट संचालन गराउने

(ग)    प्रतिष्ठान अन्तर्गतका शाखा, उपशाखाहरु, तथा प्रतिष्ठान मातहत वा तत्वाधानमा

(घ)    प्रतिष्ठानमा संचालित तालिमहरुको प्रथम प्रवचन तथा अन्तिम प्रवचनमा संगठन प्रमुख सशस्त्र

          प्रहरी महानिरीक्षकज्यूलाई निमन्त्रणा तथा तालिम गतिविधिहरुको प्रतिवेदन संगठन प्रमुखज्यू

           समक्ष पेश गर्ने ।  

(ङ)     प्रतिष्ठानमा वार्षिक क्यालेन्डर अनुसार संचालित तालिमहरुको गतिविधिहरु सम्बन्धि वार्षिक

           प्रतिवेदन संगठन प्रमुखज्यू समक्ष पेश गर्ने ।

(च)    समय सापेक्ष तथा स्तरयुक्त तालिम प्रदान गर्न सक्षम तुल्याउने हेतुले प्रत्येक बर्ष सशस्त्र

         प्रहरी बल, नेपाल प्रधान कार्यालयमा तालिम सम्मेलनमा भाग लिने तथा सुधारात्मक

          पक्षमा राय सुझाव प्रस्तुत गर्ने ।

(छ)   संगठन प्रमुखज्यूबाट समय समयमा प्राप्त हुने निर्देशन बमोजिमका अन्य कार्यहरु गर्ने ।

(ज)   बदलिंदो परिवेशमा संगठनको आवश्यकता अनुसार खोज तथा अनुसन्धानात्मक कार्यहरु

        गर्न आवश्यक व्यवस्था मिलाउने ।

(झ)   प्रतिष्ठानमा कार्यरत सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको मोराल उच्च राख्न विभिन्न

         कार्यक्रमहरु संचालन गर्ने ।       

(ञ)    प्रतिष्ठानको राशन व्यवस्थित गर्न आवश्यक आदेश निर्देशन प्रदान गर्ने ।

(ट)     फौजको हित तथा कल्याणकारी कार्य सम्बन्धी आवश्यक व्यवस्था मिलाउने ।

(ठ)    मातहत शिक्षालयहरुको अनुगमन गरी आवश्यक निर्देशन दिने ।

Updates

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाण्डौमा संचालित UNPOL Certified Instructors Development Course Job-Specific Training (JST) को कार्तिक 02 गते समापन गर्नुभएको छ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थको १६ ‍औं स्थापना दिवस निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नायारणदत्त पौडेलको प्रमुख आतिथ्यतामा असोज ३० गते विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।

Related Links